Comments Add Comment

‘छिछोरे’ ले जित्यो दर्शकको मन

सुशान्त सिंह राजपूत तथा श्रद्धा कपूर स्टारर फिल्म ‘छिछोरे’ आज शुक्रवारदेखि प्रदर्शन भएको छ । फिल्मको ट्रेलरले खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन, त्यसैले पनि दर्शकले फिल्मबाट खासै आशा गरेका थिएनन् ।

तर, शुक्रवार फिल्म सार्वजनिक भएकाले यसले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरिसकेपछि सामाजिक सञ्जालमा आएका दर्शकहरुको प्रतिक्रियाले उक्त फिल्मले दर्शकको मनमा स्थान बनाउन सफल भएको अनुमान गरिएको छ । फिल्म हेर्ने दर्शकहरुले सामाजिक सञ्जालमार्फत यो फिल्म हेर्नका लागि सिफारिस गरिरहेका छन् ।

यो फिल्ममा विश्व विद्यालयमा अध्ययनरत सात जना साथीहरुको कथा समेटिएको छ । कलेजमा आधारित फिल्मको कथालाई दर्शकहरुले मन पराएका हुन् । फिल्ममा अन्नी, माया, सेक्सा, एसिड, बेवडा तथा मम्मी जस्ता साथीहरुको कथावस्तु समेटिएको छ । यी सबै विद्यार्थीहरु एउटा इन्जिनियरिङ कलेजमा अध्ययनरत छन् । उनीहरुको आपसी सम्बन्ध, चर्को प्रतिस्पर्धा तथा हार-जीतमा फिल्मको कथा अघि बढेको छ ।

निर्देश्ँक नितेश तिवारीले व्यवसायिक परिक्षाहरुको क्रममा विद्यार्थीहरुमाथि कस्तो प्रकारको बोझ तथा मानसिक तनावले काम गर्छ भन्ने कुरालाई निकै सुन्दर ढंगले कथामा चित्रण गरेका छन् ।

यो फिल्ममा ती सबै कुरा समावेश छन्, जो आम दर्शकले हेर्न चाहन्छ । फिल्मा साथीहरु छन्, मस्ती छ, माया-पिरती छ, जिन्दगी छ र साथ-साथै जिन्दगीको जिम्मेवारी पनि छ ।

यो फिल्मलाई नितेश तिवारीले निर्देनिर्देशन गरेका हुन्, जसले विगतमा दंगल जस्तो सफल फिल्म बनाएका थिए । महत्वपूर्ण कुरा के छ भने यसपटक पनि उनी यो फिल्ममा सफल देखिएका छन् । फिल्मको कथालाई दर्शकहरुले मन पराइरहेका छन् । कलाकारहरुको प्रदर्शन पनि निकै राम्रो पाइएको छ ।

मनोरञ्जनले भरिपूर्ण यो फिल्मलाई मानिसहरुले ‘पैसा वसूल’ भनिरहेका छन् । फिल्मले उत्कृष्ट समीक्षाहरु समेत पाइरहेकाले बक्स अफिसमा यसले राम्रो व्यवसाय गर्न सक्ने अनुमान गरिएको छ ।

शुक्रवारदेखि यो फिल्म काठमाडौंमा समेत प्रदर्शन भैरहेको छ । फिल्ममा सुशान्त र श्रद्धाका अतिरिक्त वरुण शर्मा, तुषार पाण्डे, नवीन पालिशेट्टी, ताहिर भसीन, प्रतीक बब्बर आदि कलाकारले अभिनय गरेका छन् । साजिद नाडियाडवालाले यो फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment