Comments Add Comment

सिम्रिक एयरलाइन्सलाई प्राधिकरणले दियो अनुमति, शनिबारदेखि उडान

२० भदौ, काठमाडौं । सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै उडान सञ्चालन हुन लागेको हो ।

सिम्रिक एयरलाइन्सका बजार तथा बिक्री विभाग प्रमुख प्रज्वल थापाका अनुसार प्राधिकरणले नियमित रुपमा उडान संचालन गर्न अनुमति दिएपछि शनिबारबाट उडान सूचारु हुने भएको छ ।

यसअघि सिम्रिकका जहाजमा जडिट पार्ट्सको विषयमा प्रश्न उठाउँदै प्राधिकरणले सिम्रिकका जहाज ग्राउण्डेड गरेको थियो । त्यसपछि कम्पनीले प्राधिकरणले उठाएका प्रश्नको समाधान हुने गरी कागजात बुझाएपछि उडान अनुमति दिइएको हो ।

कम्पनीले सुरक्षित र भरपर्दो उडान सेवाका लागि प्राधिकरण र अन्य निकायबाट प्राप्त हुने सुझाव तथा निर्देशन पालना गर्न कटिवद्ध रहेको उल्लेख गरेको छ । ४ भदौबाट सिम्रिक एयरलाइन्सको उडान रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment