Comments Add Comment

नेकपा प्रवक्ता भन्छन् : सरकारलाई परिणामुखी बनाएपछि महाधिवेशन

२० भदौ, पोखरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई परिणाममुखी बनाएपछि मात्र पार्टी महाधिवेशनमा जाने बताएका छन् ।

सरकारलाई अझै प्रभावकारी र परिणाममुखी कसरी बनाउने अब छलफल सुरु हुने उनको भनाइ थियो । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठ भने, ‘सरकारबाट अहिलेसम्म भएका नीतिगत कामका सकारात्मक पक्षलाई अझ बढी जोड दिँदै परिणाममुखी प्रभावकारी बनाउने काममा नयाँ ढंगले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्छौं ।’

सरकारलाई प्रभावकारी र परिणाममुखी बनाएपछि महाधिवेशनको तयारीमा जुट्ने उनले बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरी फर्किएकाले छिट्टै महानगर कमिटी सम्मका संरचना टुंगो लाग्ने उनले बताए । ‘पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित गरिसकेका छौं । अब वैचारिक लाइनमा सिंगो पार्टीलाई एकीकृत गर्ने अभियान चलाउँदैछौं,’ श्रेष्ठले भने ।

उनले पार्टी र सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन स्वच्छ आलोचना पनि चाहिने उनले बताए । ‘पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुले व्यक्तिगतरुपमा कुनै टीकाटिप्पणी र आलोचना गर्नु छ भने पार्टीभित्रै गरौं भनेका हौं,’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकतालाई कमजोर बनाउने र सरकारलाई असफल बनाउने कोणबाट आलोचना नगरौं ।’

सरकार तीन विषयमा सफल

सत्तारुढ नेकपा प्रवक्ता श्रेष्ठले सरकार तीन वटा विषयमा सफल भएको दाबी गरेका छन् । नेपालको मामिलामा कहिँकतैबाट हस्तक्षेप नहुने व्यवहारबाट पुष्टि भएको भन्दै उनले भने, ‘स्वतन्त्र परराष्ट्र नीतिको अभ्यासमा सरकार सफल भएको छ ।’ संविधानमा व्यवस्था भएको मौलिक अधिकारलाई कानुन बनाएरै र नीति निर्माणको काममा काममा सरकार सफल भएको उनको अर्को दाबी थियो ।

साथै सरकारले संघीयता कार्यान्वयन भयो भन्ने ठाउँमा पुर्‍याएको उनले बताए । ‘संघीयता के हुन्छ, के हुन्छ भन्ने थियो,’ श्रेष्ठले भने, ‘कर्मचारीदेखि नीति निर्माणको तहसम्म अब संघीयता कार्यान्वयन भयो भन्ने ठाउँमा पुगेको छ ।’

कास्की २ का उम्मेदवारको छिट्टै टुंगो

मंसिर १४ मा उप निर्वाचन हुन लागिरहेको कास्की क्षेत्र नम्बर २ मा छिट्टै नेकपाको उम्मेदवार टुंगो लाग्ने प्रवक्ता श्रेष्ठले बताएका छन् । औपचारिक एजेण्डा बनाएर छलफल नभएका भन्दै उनले सचिवालय बैठकले छिट्टै टुंगो लगाउने बताए । ‘प्रधानमन्त्री सिंगापुरमा उपचारपछि स्वदेश र्फकनु भएको छ । छिट्टै सचिवालयको बैठक बसेर छलफल गछौं,’ नेकपा प्रवक्ता श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment