Comments Add Comment

लक्का जवानमा प्रहरी बनिन् वर्षा

अभिनेत्री वर्षा शिवाकोटी अहिले चलचित्र ‘लक्का जवान ’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि काभ्रेमा चलचित्रको छायांकन भइरहेको छ । चलचित्रको छायांकन सेटबाट वर्षाले विभिन्न तस्वीर सार्वजनिक गर्दै आइरहेकी छिन् । हरेक दिनको सुटिङ तस्विर उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् ।

यस्तैमा वर्षाले आफ्नो भूमिका खुल्ने एक तस्वीर सार्वजनिक गरेकी छिन् । जहाँ उनी प्रहरीको पोशाकमा देखिएकी छिन् । यसै तस्वीरबाट पनि वर्षा चलचित्रमा प्रहरीको भूमिकामा भएको प्रष्ट हुन्छ । उनले लगाएको पोशाक हेर्दा उनी इन्स्पेक्टरको भूमिकामा छिन् ।

वर्षाले पहिलो पटक प्रहरीको भूमिकामा आफूलाई प्रस्तुत गर्न लागेकी छिन् । लगातार असफलता खेप्दै आएकी वर्षा यस चलचित्रबाट निकै आशावादी छिन् । कमेडी जनरामा बन्ने यस चलचित्रले आफ्नो भविष्यलाई उकास्ने उनको विश्वास छ ।

चलचित्रलाई कलाकार शिवहरि पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment