+
+

प्रधानमन्त्रीको स्वास्थ्यमा राजनीति, सिंगापुर लर्को स्नेह कि स्वार्थ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते ६:५५

२२ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक तथा साप्ताहिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर नेकपामा भइरहेको दाउपेच र पछिल्लो सिंगापुर उपचारका क्रममा लागेको लर्कोबारे रिपोर्ट बनाएको छ ।

रिपोर्टअनुसार, ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै  फेल भएका छन् । ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका ओली ०७४ सालका स्थानीय तह, संघ, तथा प्रदेश निर्वाचन परिचालनको कमान्डर मात्र भएनन्, सम्भवतः सबैभन्दा बढी खटिए ।माओवादीसँग चुनावी गठबन्धन बनाए । अन्ततः उसैसँग पार्टी एकता गरेर झन्डै्र दुई तिहाइ बहुमतको नेतृत्व गरिरहेका छन्’, नेपालले ओलीको स्वास्थ्यलाई लिएर विगतमा गरिएका अड्कलबाजी फेल खाएको निष्कर्षका साथ लेखेको छ ।

ओलीको स्वास्थ्यस्थिति आकलन गर्दै कतिपयले उत्तराधिकारी खोजेको नेपालले लेखे पनि पछिल्लो स्वास्थ्य अवस्थाबारे भने केही उल्लेख गरेको छैन ।

त्यस्तै, यही रिपोर्टभित्र ‘सिंगापुर लर्कोः स्नेह कि स्वार्थ’ शीर्षक दिएर ओली भेट्न सिंगापुरमा लागेको लर्कोबारे पनि नेपालले समाचार बनाएको छ । समाचार अनुसार प्रधानमन्त्री ओली ५ भदौमा स्वास्थ्योपचारका लागि दोस्रोपल्ट सिंगापुर उडेसँगै उद्योगी, व्यापारी र नेकपाका शीर्षदेखि मध्यम तहसम्मका नेताहरू स्वास्थ्यलाभको कामना गर्न, शुभकामना दिन भन्दै लाम लागेर गएका थिए । स्रोतको हवाला दिँदै नेपालले लेखे अनुसार उद्योगी, व्यापारी गरी दुई दर्जनभन्दा बढी व्यक्ति प्रधानमन्त्री ओली भेट्न सिंगापुर पुगेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, व्यवसायी चन्द्र ढकाल, व्यापारी दीपक मलहोत्रा, सौर्य एयरलाइन्सका प्रमुख दीपक पोखरेल, क्याप्टेन रामेश्वर थापा, व्यापारी दिनेशलाल श्रेष्ठ, एनआरएन अध्यक्ष भवन भट्टलगायत सिंगापुर पुगेका थिए । त्यस्तै पूर्वमन्त्री कृपाशुर शेर्पा, सांसद् नवराल सिलवाल, डीआईजी तथा प्रहरी प्रवक्ता विश्वराज पोखरेललगायत पनि प्रधानमन्त्री ओलीप्रति शुभेच्छा जनाउँदै सिंगापुर पुगेका थिए । यद्यपि, यीमध्ये कसैले पनि ओली भेट्न पाएनन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्यलाई भेटेर फर्किएका थिए ।

फैलँदो डेंगु प्रकोपबारे आज कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार देशभरका करिब ७० हजार यसबाट प्रभावित भएका छन् ।

त्यस्तै चिनियाँ विदेशमन्त्रीले गर्न लागेको विदेश भ्रमण र यसको उद्देश्यबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेको छ । समाचारमा लेखिएअनुसार, बीआरआईमा सहयोगसम्बन्धी कार्यादेश र कार्ययोजनालगायत विषयमा भ्रमण केन्द्रित हुनेछ ।

अन्नपूर्णले बाजुराको स्याउको बजारबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार यहाँ रुपैयाँमा ३ दाना स्याउ बिक्री हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?