+
+
Shares

ट्र्याक्टरको ठक्करबाट दाङमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते ९:३९

२२ भदौ, दाङ । ट्र्याक्टरको ठक्करबाट दाङमा एक किशोरको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको हो ।

शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?