Comments Add Comment

डेंगु ५६ जिल्लामा फैलियो, नियन्त्रणमा सरकार असफल

२३ भदौ, काठमाडौं । सिंहदरबार छेउछाउमै केही नहुँदासम्म बाहिरी जिल्लाको समस्या नसुन्ने नेपाल सरकारको पुरानै रोग हो । डेंगु संक्रमणको सन्दर्भमा पनि यस्तै समस्या देखिएको छ ।

संघीय सरकारका मन्त्री नै डेंगुबाट पीडित भएर अस्पतालमा भर्ना हुँदासम्म सरकारले डेंगु नियन्त्रणमा खासै प्रभावकारी कदम चाल्न सकेको देखिँदैन ।

चिकित्सकहरुका अनुसार अहिले ५६ भन्दा बढी जिल्लामा डेंगु रोगको संक्रमण देखा परिसकेको छ । गत बैशाखदेखि नै नेपालमा डेंगुको संक्रमण फैलिएको हो । ६ महिनासम्म यो रोग नियन्त्रणमा आउनुको साटो झनै विभिन्न जिल्लामा फैलँदो छ ।

डेंगु रोगका कारण विभिन्न जिल्लाका अस्पतालहरुमा बिरामीको भीड बढिरहेको छ । हालसम्म देशभरि ३ हजार ८९९ जनामा डेंगु रोगको संक्रमण देखा परेकामा डोटीमा १, सुनसरीमा १, चितवनमा १, काठमाडौंमा २ र सिन्धुपाल्चोकमा १ जना गरी ६ जनाको मृत्युसमेत भइसकेको छ ।

राजधानी बाहिरका जिल्लाबाट डेंगुका बिरामीहरु उपचार गराउन आउने गरेकाले राजधानीका अस्पतालमा चाप बढेको चिकित्सकहरु बताउँछन् ।

सुरुवा रोग नियन्त्रण महाशाखाको ०७६/०७७ को साउन १ देखि भदौ ११ गतेसम्मको तथ्याङ्क अनुसार प्रदेश १ मा ८३१ जना डेंगु रोगी फेला परेका छन् । त्यसैगरी प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा २ हजार १० जना र गण्डकी प्रदेशमा ८९६ जनामा डेंगु संक्रमण देखिएको छ ।

त्यसैगरी प्रदेश ५ मा ८७ जना, कर्णालीमा ९७ र सुदूरपश्चिममा २३ जनामा डेंगुको संक्रमण देखा परेको छ ।

यो पनि पढ्नुहोस चितवनका अस्पताल डेंगुका बिरामीले भरिभराऊ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment