Comments Add Comment

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

२३ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

भेटमा नेपाल सरकार र चीन सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment