Comments Add Comment

एनआरएनए क्यानडाको मिडिया संयोजकमा तिमल्सिना

टोरोन्टो । गैरआवासीय नेपाली संघ एनआरएनए क्यानडाका नवनिर्वाचित प्रतिनिधिहरुले औपचारिकरुपमा कार्यभार सम्हालेसँगै कार्यसमितिमा नयाँ सदस्यहरु पनि थपिएका छन् ।

ब्राम्पटन शहरस्थित एभरेष्ट तेक्वान्दो हलमा आयोजित हस्तान्तरण कार्यक्रमपछि बसेको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रका लागि संयोजक र केही सल्लाहकार नियुक्त गरेको छ ।

मिडिया संयोजकमा पत्रकार बद्री तिमल्सिना, पर्यटन समितिको संयोजकमा प्रदीप मरहठ्ठा ,आर्थिक समितिको संयोजकमा व्यवसायी अमृतो भट्टराई र स्वास्थ्य संयोजकमा सुरेश गौतम नियुक्त भएका छन् ।

नवनिर्वाचित अध्यक्ष चिरन्जिवी घिमिरेको अध्यक्षतामा बसेको बैठकले यसअघिको कार्यकालमा कानूनी सल्लाहकार रहेका अतुल सुवेदीलाई यसपटक पनि निरन्तरता दिएको प्रवक्ता दिनेश खतिवडाले जानकारी दिए ।

बैठकपछि अध्यक्ष घिमिरे र निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले मनोनित सबैलाई बधाइ तथा शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment