Comments Add Comment

प्रजनन स्वास्थ्य : किन हुन्छ योनीमा संक्रमण ?

हरेक उमेरको महिलाहरुलाई योनीको बाहिरी तथा भित्री भागहरु चिलाउने समस्याले ग्रसित बनाएको हुन्छ । ती भागहरुमा चिलाउन कम नभएसम्म यसले आपत नै पर्छ । महिलाहरु यो समस्याको बारेमा खुलेर बताउन संकोच मान्ने गर्दछन् । सबैका अगाडि कन्याउन अफ्ठ्यारो समेत हुन्छ र नकनाउँदा त्यसले तनाव उत्पन्न गर्छ ।

धेरै कारणले योनी चिलाउने गर्छ । त्यसैले तपाईंको योनी के कारणले चिलाउने गर्छ भन्ने जान्न अति नै आवश्यक हुन्छ । योनीको चिलाई सेक्सुअली ट्रान्समिटेड डिजीज जस्तो खतरनाक पनि हुन सक्छ । त्यसैले यसको सही कारण पत्ता लगाएर समयमै उपचार गराउनु अति नै आवश्यक हुन्छ ।

छालाको इन्फेक्सन

योनी चिलाउनुको कारण छालामा हुने इन्फेक्सन एक हो । महिलामा यस्तो समस्या के कारणले उत्पन्न हुन्छ, के यो इस्ट इन्फेक्सन हो ? यो समस्याबाट कसरी छुटकारा पाउने भन्ने ? प्रश्नहरु मनमा उठ्नु स्वभाविक नै हो । तर, योनी चिलाउनुको कारण इस्ट इन्फेक्सनले मात्र हुँदैन भन्ने कुरा महिलाहरुले बुझ्न आवश्यक हुन्छ ।

यदि तपाई योनीको बाहिरी भागमा चिलाउने अथवा रातो दाग जस्तो छ भने यो एक किसिमको छालाको इन्फेक्सन हुन सक्छ । यो रेजर, टाइट पेन्टी अथवा पसिनाको कारण पनि हुन सक्छ । तपाईंलाई कस्तो प्रकारको इन्फेक्सन भएको हो भन्नेबारे तुरुन्त चिकित्सकको सल्लाह लिन आवश्यक छ । चिकित्सकहरुले बताएअनुसार टेस्टहरु नेगेटिभ आए भनेमात्र त्यो छालाको इन्फेक्सनको कारण हो भन्ने निश्चित हुन्छ ।

त्यसबाट जोगिनका लागि तपाईंले हरेक पाँच पटकको प्रयोगपछि रेजर परिवर्तन गर्नु पर्छ । राति सुत्ने बेलामा टाइट पेन्टीको साटो खुकुलो पहिरन लगाउनु पर्छ र पसिनाबाट लत्पतिनु भएको छ भने नुहाएर तुरुन्त कपडा परिवर्तन गर्नु पर्छ । यसबाहेक आफ्नो योनीको वरिपरिको भागलाई सुक्खा राख्नु पर्छ । यति गर्दा पनि चिलाउन छाडेन भने त्यसमा भ्यासलिन अथवा नरिवलको तेल दिनहुँ लगाउनु पर्छ, यसले चिलाउने समस्याबाट छुटकारा दिलाउँछ ।

यौन सम्पर्कपछिको समस्या

यदि तपाईंले पछिल्लो पटक यौन सम्पर्क राख्ने क्रममा कुनै नयाँ लुबि्रकेन्ट प्रयोग गर्नु भएको छ ? यदि छ भने त्यसले पनि तपाईंलाई चिलाउने समस्या पैदा गर्न सक्छ । चिकित्सकहरुका अनुसार कतिपय लुब्रिकेन्ट्समा पाइने अल्कोहल तथा लेटेक्स योनीको समस्या तथा एलर्जीको कारण बन्न पुग्छन् ।

यसबाहेक कतिपय अवस्थामा तपाईंले लुबि्रकेसनविना नै यौन सम्पर्क राख्नु भएको हुनसक्छ, त्यसले पनि यौनी भित्रको सुख्खापनका कारण त्यो भागमा इरिटेसन हुने अथवा चिलाउने हुन सक्छ । यसबारेमा चिकित्सकहरुको के सुझाव के हुन्छ भने आर्टिफिसियल लुबि्रकेन्टको साटो नरिवलको तेलको प्रयोग गर्न सकिन्छ । तर, नरिवलको तेल त्यो बेला प्रयोग गर्नु हुँदैन, जतिबेला तपाईंले कण्डमको प्रयोग गरिरहनु भएको छ । नरिवलको तेलले कण्डमलाई फुटाउन सक्छ । त्यस्तो अवस्थामा तपाईंले राम्रो गुणस्तरको बासना आउने कण्डम प्रयोग गर्न सक्नु हुनेछ ।

मासिक श्राव बन्द हुने बेलाको समस्या

त्यस्तो बेला, जब तपाईंको एस्ट्रोजेनको स्तर निक कम हुन्छ, अर्थात तपाईंको मेनोपज -मासिक श्राव रोकिने उमेर) को बेला, त्यतिबेला योनीको पीएच ब्यालेन्स पनि परिवर्तन हुन्छ । त्यस्तो बेला योनीका भित्री तहहरु पातला तथा सुख्खा हुन्छन्, जुन सामान्य रुपमा चिलाइका कारण बन्न सक्छन् ।

त्यसलाई भेजाइनल एट्रोफी भनिन्छ । त्यसको मुख्य कारणहरुमा चिलाउने, इरिटेसन हुने तथा यौन सम्पर्क राख्दा पीडा हुने समस्या उत्पन्न हुन्छ । यसको उपचारका लागि तपाईंले चिकित्सकको सल्लाह लिनु पर्छ । उनीहरुले सुझाएका औषधीहरुले नै तपाईंलाई आराम मिल्ने छ ।

साबुनले हुने एलर्जी

शायद तपाईंलाई थाहा छैन होला, योनीको सरसफाइका लागि साबुनको प्रयोग गर्नै हुँदैन । यदि गर्नु भयो भने त्यसले योनीको नेचुरल ब्याकटेरियल ब्यालेन्स बिग्रन सक्छ । चिकित्सकहरुका अनुसार योनी तथा त्यसको वरपर प्रयोग गरिने कुनै पनि प्रोडक्टहरु वासनादार हुनु हुँदैन । ती प्रोडक्टहरुले योनीको ब्याक्टेरिया ब्यालेन्स बिग्रन्छ । यसबाहेक योनीलाई भित्रबाट सफा गरिरहनै पर्दैन । किनभने योनीले आफैं त्यसको सफाइ गरिरहेको हुन्छ । योनीको आफ्नै एउटा वासना हुन्छ, यदि त्यो वासनाको साटो तपाईंले अर्कै प्रकारको गन्ध महसुस गर्न थाल्नु भयो भने तुरुन्त चिकित्सकसँग सल्लाह गर्नु पर्छ ।

ब्याक्टेरियल भेजिनोसिस

ब्याक्टेरियल भेजिनोसिस योनीको निकै सामान्य इन्फेक्सन हो र यो समस्या ब्याक्टेरियाको इन्फ्लेमेसनको कारण हुन्छ । यो कुनै पनि उमेरका महिलालाई हुनसक्छ, तर रि-प्रोडक्टिभ उमेर अर्थात २५ देखि ३५ वर्षका महिलाहरुलाई यो समस्या अत्यधिक हुने गर्दछ । यस्तो अवस्थामा कण्डमविना गरिएको यौन सम्पर्कले थप समस्या पैदा गर्छ । यस्तो बेला चिलाउने समस्याका साथै योनीबाट खैरो रंगको तरल पदार्थ समेत निस्कन्छ, जसबाट माछाको जस्तो गन्ध आउँछ । यदि तपाईंले त्यस्तो अनुभव गर्नु भयो भने तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नु पर्छ । ब्याक्टेरियल भेजिनोसिसको इन्फेक्सन भयो भने एन्टिबायोटिक नै खानु पर्ने हुन्छ ।

इस्ट इन्फेक्सन भयो भने

यदि तपाईंलाई पहिलो पटक इस्ट इन्फेक्सन भएको जस्तो लक्षण देखिएको छ भने तपाईंले चिकित्सकलाई भेट्नु पर्छ, ताकि कुनै खतरनाक इन्फेक्सनको सम्भावना नहोस् । इस्ट इन्फेक्सन भएको पत्ता लागेपछि मात्र चिकित्सकले तपाईंलाई औषधी दिन्छन् । इस्ट इन्फेक्सनका लक्षणहरुमा योनीमा जलन तथा चिलाउने (यौन सम्पर्क गर्ने बेला अथवा पिसाव गर्ने बेला), योनीबाट पानी बग्ने अथवा पनीर जस्तो सेतो पदार्थ निस्कने समस्या आदि पर्दछन् ।

चेतावनी

योनीमा कुनै पनि प्रकारको चिलाउने समस्या देखियो भने सबैभन्दा पहिला चिकित्सकलाई भेटेर इन्फेक्सन भए-नभएको पत्ता लगाउनु पर्छ । जब चिकित्सकले चिलाउने कारणहरु बताउँछन्, त्यसपछि मात्र उनकै सल्लाह अनुसार तपाईं घरेलु उपचारसमेत गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment