+

जाभी नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त

२०८३ साउन  २८ गते ११:३० २०८३ साउन २८ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
  • डच फुटबल फेडेरेसले ४६ वर्षीय जाभीलाई सन् २०३० सम्मका लागि उक्त जिम्मेवारी सुम्पिएको छ।
  • जाभी सन् १९७८ पछि नेदरल्यान्ड्सको राष्ट्रिय टोली सम्हाल्ने पहिलो विदेशी प्रशिक्षक बनेका छन्।

काठमाडौं । स्पेनका पूर्व खेलाडी तथा बार्सिलोनाका पूर्व प्रशिक्षक जाभी हर्नान्डेज नेदरल्यान्ड्स पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

डच फुटबल फेडेरेसले बुधबार जाभीलाई सन् २०३० सम्मको लागि प्रशिक्षक नियुक्त गरेको हो ।

नेदरल्यान्ड्सको प्रशिक्षक बनेपछि जाभीले आफ्नो लागि यो ठूलो सम्मानको विषय भएको बताएका छन् ।

४६ वर्षीय जाभीले अब बार्सिलोनाकै पूर्व प्रशिक्षक रोनाल्ड कोम्यानको स्थान लिएका हुन् । कोम्यानले फिफा विश्वकपपछि नेदरल्यान्ड्सको प्रशिक्षक पद छाडेका थिए ।

जाभी नेदरल्यान्ड्सको प्रशिक्षक बन्ने सन् १९७८ पछि पहिलो विदेशी प्रशिक्षक बनेका छन् ।

नेदरल्यान्ड्सले ४८ वर्षपछि विदेशी प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि पछिल्लो पटक सन् १९७८ मा अस्ट्रियाका एर्नष्ट हापेलले नेदरल्यान्ड्सको प्रशिक्षण सम्हालेका थिए ।

जाभी पहिलो पटक कुनै पनि राष्ट्रिय टिमको प्रशिक्षक बनेका हुन् । यसअघि उनले साउदी क्लब अल शाद र स्पेनको बार्सिलोनाको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

नेदरल्यान्ड्सको प्रशिक्षकको रुपमा सेप्टेम्बर २४ मा नेसन्स लिगअन्तर्गत जर्मनी विरुद्धको खेलबाट जाभीको जिम्मेवारी सुरु हुनेछ ।

सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पदक छाडेपछि जाभीले कुनै पनि टिम हरेका थिएनन् ।

जाभी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय