+
+
Shares

नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्छौं : मोदी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १२:५२

२४ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याएका छन् ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो कन्फ्र्रेन्समार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले यो आयोजनामा अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुसी व्यक्त गरे । उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम पनि सन्तोषजनक रहेको बताए ।

दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्री ओलीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’

छिट्टै नेपाल आउन चाहन्छु

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै मोदीले छिट्टै आउने बचन पनि दिए । ‘छिट्टै नेपाल आउने प्रयास गर्नेछु,’ उनले भने ।

उनले प्रधानमन्त्री ओलीको स्वास्थलाभको कामना गर्दै अभुतपूर्व सक्रियताको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?