+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

सरकारले प्रजातन्त्रको मान्यता मास्न खोज्दैछः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २४ गते १५:१७

२४ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मान्यता मासेर नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन् ।

नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार नहुने भन्दै सभापति देउवाले उसले ल्याउन खोजेको कम्युनिष्ट शासन व्यवस्थाविरुद्ध कांग्रेस आन्दोलमा जाने चेतावनी दिए ।

विराटनगर विमानस्थलमा मंगलवार स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभापति देउवाले वर्तमान सरकार प्रजातन्त्रको मुल्य मान्यता हस्तक्षेप गरी कम्युनिष्ट राज्य बनाउन उद्त देखिएको बताए । देउवाले भने, ‘यदी सरकारले आफना गल्ती तत्काल नसच्याए सरकार विरुद्ध प्रतिपक्ष कठोर रुपमा उत्रिनेछ ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मुल्य मान्यतालाई हस्तक्षेप गरी लोकतन्त्रतलाई कमजोर बनाउने खेल भईरहेको पनि बताए ।

उनले सरकारले कम्युनिष्ट राज्य बनाउने अभ्यास स्वरुप स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिकरुपमा हस्तपेक्ष गर्ने कार्य गरी रहेको भनाइ थियो ।

अर्को एक प्रसंगमा सभापति देउवाले पार्टी भित्र गुट उपगुटको कुनै गुन्जायस नरहेको दाबी गरे ।

पार्टीभित्र देखिएको मतभिन्नताबारे संचारकर्मीको जिज्ञासामा सभापति देउवले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले बोल्न सबैलाई स्वतन्त्र रहेको भन्दै पार्टीभित्र एकता रहेको दाबी गरे ।

उनले पार्टीको महाधिवेशन भन्दा पहिला नै प्रदेशको अन्तरीम कमिटि गठनको टुंगो छिट्टै लाग्ने बताए । संवैधानिक व्यवस्थाको वाध्यताका कारण महाधिवेशन भन्दाअघि प्रदेशको अन्तरिम कमिटी गठन गर्न लागिएको सभापति देउवाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?