Comments Add Comment

श्रृष्टीका कारण सौगात र ‘राम राम’ टिमको कुरा मिलेन

नायक सौगात मल्ल चलचित्रमा अनुवन्धित भएका र छाडेका खबरहरु बारम्बार आउन थालेका छन् । नायिका श्रृष्टी श्रेष्ठका कारण सौगातले चलचित्रमा अनुवन्धित हुने र छाड्ने काम गरिरहेका छन् । सौगात र श्रृष्टी केही महिनादेखि लिभिङ टूगेदरमा छन् ।

पछिल्लो समय प्रेममा परेपछि सौगातले श्रृष्टीका लागि चलचित्र सिफारिश गर्ने गरेको खबर अब नौलो छैन । आफू अनुवन्धित भएपछि सौगातले श्रृष्टीलाई लिनैपर्छ भन्ने दबाब दिन थालेका छन् । यहीकारणले पनि कतिपय चलचित्रमा श्रृष्टी पनि जोडिएकी छिन् भने कतिपय चलचित्रबाट सौगात आफै बाहिरिएका छन् ।

सुवर्ण थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा सौगात मल्ल अनुवन्धित भैसकेका थिए । तर, अब भने सौगात यो चलचित्रमा नहुने पक्का भएको वुझिएको छ । सौगातले श्रृष्टीलाई चलचित्रमा लिन दबाब दिएका थिए । तर, निर्माणपक्षले चलचित्रको कथामा श्रृष्टी नसुहाउने भन्दै लिन नमिल्ने बताएको थियो । तर, सौगातले श्रृष्टीका लागि कथा नै परिवर्तन गर्न आग्रह गरेका थिए ।

निर्माणपक्ष सौगातको अफर स्विकार गर्न तयार थिएन । जसकाकारण, सौगात नै अब यो चलचित्रमा नरहने भएका छन् । सौगात चलचित्रमा नरहने भएपछि अब चलचित्रका लागि नायक विपिन कार्कीलाई अफर गरिएको वुझिएको छ ।

सौगातको हातमा अहिले चलचित्रको अभाव छैन । उनी, एकपछि अर्को चलचित्रमा व्यस्त छन् । तर, आफू अनुवन्धित भएको चलचित्रमा श्रृष्टी पनि हुनैपर्ने अड्डी उनले लिन थालेपछि निर्माताहरु समेत अप्ठ्यारोमा पर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment