Comments Add Comment

नेकपा बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ– नियमित काम गर्न सक्ने भएको छु

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको बताएका हुन् । ‘उनले नियमित काम गर्न सक्ने भएको छु भन्नु भएको छ’, सचिवालय बैठकमा सहभागी एक नेताले भने ।

सिंगापुरमा दुई साता लामो उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार स्वेदश फर्किएका थिए । त्यहाँ उनको रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार विहान मात्र त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । त्यहाँ सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

एक नेताका अनुसार क्याथेटर निकालेका कारण प्रधानमन्त्रीलाई हल्का ज्वरो समेत आएका कारण बैठकमा एउटा मात्र एजेण्डा थियो, उपचुनावका लागि दल दर्ता ।

दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment