Comments Add Comment

पत्रकार सिलवाल र राई सम्मानित

२५ भदौ, काठमाडौं । यस वर्षको एनएसजेएफ खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट निशान राई सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २४औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार सिलवाल र खेलपाटी डटकमका समाचार प्रमुख राई सम्मानित भएका हुन् । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका मञ्चले हरेक वर्ष स्थापना दिवसमा यो अवार्ड दिँदै आएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले युवा पत्रकार राईलाई ल्यापटप, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment