Comments Add Comment

झापामा मदिराको सुरमा प्रेमिकाको हत्या गर्ने पक्राउ

२५ भदौ, विराटनगर । मदिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादहबाट एक जनालाई पक्राउ गरेको छ ।

शनिबार अन्दाजी ४० वर्षिय महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका– ६ दामुनाका ४५ को पुण्य चुँडाललाई पक्राउ गरेको हो ।

शनिबार विहान साढे ८ वजे मोरङको रतुवामाई नगरपालिका– ६ कपरसुख्खा टोलस्थित हरिबहादुर खड्काको गोठ घरमा अर्धचेत अवस्थामा महिला फेला परेकी थिइन् ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी महिलालाई प्रहरीले उद्दार गरी कोशी अस्पतालमा भर्ना गरेको थियो । आइतबार उपचारका क्रममा महिलाको मृत्यु भएको थियो ।

मंगोलियन समुदायकी महिलाको पहिचान खुलेको छैन । एक महिनायता खड्काको गोठमा चुँडाल र महिला बस्दै आएका थिए ।

शनिबार मदिराले मातेका चुँडालले महिलामाथि निर्घात कुटपिट गरि फरार भएपछि खोजी गर्ने क्रममा सोमबार रतुवामाई नगरपालिका– १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकरी दिए ।

स्थानीयबासीले बताएको हुलियाका आधारमा चुडाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चुँडालले हत्या गरेको स्वीकार गरेपनि महिलाको नाम र ठेगाना बताउन नसकेको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment