+
+
Shares

ऋषि कपुरका लागि आलियाको पार्टी ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २६ गते ११:२६

नायक रणवीर कपुर र नायिका आलिया भट्ट अहिले प्रेममा छन् । रणवीर नायक ऋषि कपुरका छोरा हुन् । ऋषि करिब एक बर्षपछि अमेरिकाबाट भारत फर्किएका छन् । एक बर्षसम्म अमेरिकामा उनले क्यान्सरको उपचार गरेका थिए ।
क्यान्सर रोगबाट पूर्ण रुपमा निको भएर ऋषि भारत फर्किदा उनको परिवारमा मात्र होइन, बलिउडमा नै खुशी छाएको छ ।

उनलाई उनको परिवारले भव्य स्वागत गरेको छ । नायक रणवीर कपुर, ऋषि पत्नी नितु कपुरले हरेक दिन विभिन्न बलिउडकर्मीसँग भेट गरेका छन् । अब, नायिका आलिया भट्टले ऋषि कपुर पूर्ण रुपमा निको भएर भारत फर्किएको खुशियालीमा पार्टीको आयोजना गर्दैछिन् । आफ्ना पिता महेश भट्टको बंगलामा उनले भव्य पार्टी आयोजना गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आलिया कपुर परिवारसँग निकै नै नजिक छिन् । यसअघि रणवीर कपुरको प्रेम जीवन सफल नभएपनि आलिया भट्टको प्रवेशसँगै उनी बदलिएको बताइन्छ । आलियाले पनि रणवीरको परिवारलाई खुशी राख्न कुसै कसर बाँकी राखेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?