Comments Add Comment

बालुवाटार जग्गा प्रकरणमा छानविन समितिको म्याद थप

२६ भदौ, काठमाडौं । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएर अनुसन्धान गरिरहेको छ । सरकारले पनि २८ फागुन २०७५ को निर्णयअनुसार सरकारी, गुठी र सरकारद्धारा अधिग्रहरण तथा जफत भएका जग्गा हिनामिना भएको विषयमा छानविनसमितिको प्रतिवेदन कार्यान्वयन गर्न सीआईबीको अर्को टोली बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment