Comments Add Comment

सरकारले भन्यो : डेंगु नियन्त्रणबाहिर छैन

२६ भदौ, काठमाडौं । सरकारले नेपालमा डेंगु रोग नियन्त्रण बाहिर नरहेको दाबी गरेको छ ।

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, ‘यो समस्या देखिए पनि नियन्त्रण बाहिर छैन तर, यसले दुख दिएको छ । जसप्रति सरकार सचेत छ र स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको छ ।’

डेंगु नियन्त्रणका लागि नागरिक स्तर, स्वास्थ्य क्षेत्र, स्वाथ्य मन्त्रालय र अन्य निकायबाट काम भइरहेको भन्दै मन्त्री बास्कोटाले नागरिककको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको जिकिर गरे ।

३ अर्ब मानिस डेंगु संक्रमणको जोखिममा

मन्त्री बास्कोटाले विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै विश्वका झण्डै ३ अर्ब मानिस डेंगु संक्रमणको जोखिममा रहेको बताए । ३९/४० करोड मानिसहरु सोझै प्रभावित भएको प्रतिवेदनले देखाएको उल्लेख गरे ।

डेंगुको समस्या नेपालमा पनि देखा परेको र उपचारका स्रोत र साधनबाट प्रयास गरिरहेको भन्दै उनले सबैको प्रयासले डेंगु नियन्त्रण गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment