Comments Add Comment

रत्नजित र दिपेश सेमिफाइनलमा प्रवेश

२६ भदौ, काठमाडौं । नवौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सुनसरीमा बिहीबार भएको खेलमा रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ ले पराजित गरे । अब उनले फाइनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् । नविनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११ र २१–१५ ले पाखा लगाए । त्य

स्तै एपीएफका दिपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६ र २१–१६ को जित निकाले । सेमिफाइनलमा धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ । विकासले पुलिसका जीवन आचार्य माथि २१–७, १८– २१ र २१–११ को जित निकाले ।

पुरुष एकल खुल्ला तर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६– २१, २१–७ र २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । अव उनले सेमिफाइनलमा एपीएफका प्रियान्सुसिंह क्षेत्रीसँग प्रतिस्पर्धा गर्ने छन् । प्रियान्सुले एपीएफका ईन्द्रबहादुर महतोलाई २६–२४ र २१–१९ ले पराजित गरे ।

त्यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन् । रानाले पुलिसका पूर्णबहादुर थापालाई २१– १६ र २१– १५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१– १५ र २१– १४ ले पराजित गर्दै भेट पक्का गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment