Comments Add Comment

सरकारको प्रस्ताव : १५ वर्षसम्म बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता

Photo Credit : फाइल तस्वीर

२७ भदौ, काठमाडौं । सरकारले १५ वर्षसम्म नेपालमा बसोबास गरे विदेशी ज्वाइँलाई नेपाली नागरिकता दिने प्रस्ताव अघि सारेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले महिला र पुरुषबीच विभेद गर्न नहुने आवाज उठाएका थिए । त्यही छलफलका आधारमा कानुन र गृह मन्त्रालयले तयार पारेको प्रस्ताव शुक्रबार राज्य व्यवस्था समितिमा पेश गरिएको छ । जसमा नेपाली महिला नागरिकसँग बिहे गरी कम्तीमा १५ वर्षसम्म नेपालमा बसोबास गरेको विदेशी पुरुषलाई नागरिकता दिने उल्लेख छ ।

साथै अरु मुलुकको नागरिकता वा त्यो सरहको राष्ट्रियता जनाउने परिचयपत्र लिएको भए त्याग्नुपर्ने, असल चालचलन हुनुपर्ने र नेपाल वा नेपालमा प्रचलित अन्य कुनै भाषा बोल्न जान्ने हुनुपर्ने पनि प्रस्तावमा उल्लेख छ ।

हाल विदेशी ज्वाइँलाई नागरिकता दिने व्यवस्था छैन । १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेकाहरुले बसोबासका आधारमा भने नागरिकता पाउनसक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment