+
+
Shares

पहिरोमा पुरिएर रोल्पामा आमा-छोराको मृत्यु, चार जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २७ गते १२:१२

२७ भदौ, काठमाडौं । रोल्पामा पहिरोले पुरिएर आमा-छाेराकाे ज्यान गएको छ । चार जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी लिलाराम आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार एकान्तमा रहेको घर पुरिएको स्थानीयले विहानमात्रै थाहा पाएका थिए । उनी भन्छन्, ‘पुरिएको घरमा चार जना पाहुना पनि आएको भन्ने सुनेका छौं, उहाँहरू कता जानु भयो यकिन छैन ।’

थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती मगरले वर्षा अझै नरोकिएको र लेदो माटोका कारण उद्धारमा कठिनाई भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?