Comments Add Comment

यस्तो छ आयुष्मान खुरानाको ड्रीम गर्ल

बलिउड अभिनेता आयुष्मान खुराना प्राय सधैं आफ्नो स्क्रिप्टको छनोट निकै नै सोच-विचार गरेर मात्र गर्दछन् । ‘विकी डोनर’ देखि आजसम्म उनले जति पनि फिल्महरुको छनोट गरेका छन्, ती फिल्मका कथावस्तु नै सबैभन्दा उत्कृष्ट हुन गरेको छ ।

आजको डिजिटल यूगमा सम्पूर्ण विश्व नै सामाजिक सञ्चालमार्फत एक-अर्कासंग जोडिएर आफ्नो मित्रताको दायरालाई बढाउन चाहन्छन् । तर, वास्तविक जीवनमा सुख-दुःख बाँड्ने साथीहरुको वास्तवमै खडेरी पर्न थालेको छ । आज शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘ड्रिम गर्ल’ को आत्मा नै यही हो ।

सानो शहरमा बसोबास गर्ने कर्मवीर (आयुष्मान खुराना) बाल्यकालदेखि नै युवतीको जस्तो आवाज निकाल्न सक्ने कुरामा सिपालु छन् । उनका बुवा दिलजीत (अनु कपुर), जो अन्तिम संस्कारका लागि आवश्यक पर्ने सामग्रीहरुको विक्रेता हुन्, उनैसंग कर्मवीर आफ्नो वेरोजगार जिन्दगी बिताइरहेका छन् । कहिलेकाहिं राधा अथवा सीताको चरित्र निर्वाह गरेका कारण उनलाई पुरस्कार पनि दिइन्छ । उक्त पुरस्कारको राशी बुवाकै ऋण तिर्न ठिक्क हुन्छ ।

त्यही क्रममा उनले एउटा कल सेन्टरमा जागिर पाउँछन्, जहाँबाट उनले युवतीको आवाजमा पुरै संसारभरीका मानिसहरुसंग कुराकानी गर्नु पर्ने हुन्छ । त्यही क्रममा उनलाई बिस्तारै संसारमा कति धेरै एक्लोपन बढिरहेको छ भन्ने कुराको ज्ञान मिल्छ ।

यसैबीच शहरका अधिकांश मानिसहरु पूजाको प्रेममा पागल झैं हुन थाल्छन् । उनका वरपरका मानिसहरुले समेत पूजालाई प्रेम गर्न थालेपछि चलचित्रको कथाले बेग्लै रुप लिन्छ । त्यसपछि उत्पन्न हुने परिस्थितीहरुलाई निकै रोचक शैलीमा चित्रण गरिएको छ ।

निर्देशक राज शान्डिल्यले आफ्नो यो पहिलो फिल्मबाटै के प्रमाणित गरिदिएका छन् भने एउटा उत्कृष्ट स्क्रिप्टमार्फत उनको निर्देशकीय पकड फिल्मको हरेक फ्रेममा कहिं पनि कमजोर लाग्दैन ।

अभिनयको कुरा गर्ने हो भने आयुष्मान खुरानाले पुनः एक पटक बाजी मारेका छन् । माहीको रुपमा नुशरत भरुचाले सुन्दर त देखिएकी छिन् नै, साथ-साथै उनले काम पनि उत्तिकै मेहनत लगाएर गरेकी छिन् । अनु कपूर निकै खारिएका कलाकार हुन् । उनको उपस्थितीले फिल्मको वजन अझ बढेको छ । यसबाहेक मनजोत सिंहले पनि आफ्नो सशक्त उपस्थिति दर्शाएका छन् । विजयराज, राजेश शर्मा, राज भन्साली, अभिषेक बनर्जी जस्ता कलाकारले फिल्मलाई विश्वसनीयता दिएका छन् ।

फिल्मको संगीत मीत ब्रदर्सले निकै सुन्दर बनाएका छन् । समग्रमा ड्रीम गर्ल एउटा निकै नै मनोरञ्जक फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment