Comments Add Comment

तरुण दलमा भाँडभैलो, अध्यक्ष र महासचिवले गरे एकअर्कालाई कारबाही

२८ भदौ, काठमाडौं । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै वक्तव्यबाजी गरेका छन् ।

यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेको घोषणा गरेका थिए ।

शनिबार अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाए । कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत बोधार्थ दिइएको पत्रमा शाहीमाथि अनशासनहीन काम गरेको आरोप लगाइएको छ ।

केहीको केहीबेरमा शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको बताएका छन् । उनले बस्नेतमाथि अख्तियार घराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।

उनले बस्नेतलाई कारबाही गरिएको वक्तव्यको बोधार्थ कांग्रे केन्द्रीय कार्यालयमा पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment