Comments Add Comment

तरूण दल महासचिवको काउन्टरः अध्यक्ष बस्नेतमाथि नै कारबाही

२८ भदौ, काठमाडौं । आन्तरिक विवादमा फसेको नेपाल तरुण दलका अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरेका छन् ।

अनुशासनहीन गतिविधि गरेको भन्दै अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेका थिए ।

त्यसको जवाफमा शाहीले पनि चारबुँदे आरोप लगाएर अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति जारी गरेका छन् ।

यसअघि अध्यक्ष र महासचिवले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment