Comments Add Comment

ग्राण्डी सिटी अस्पतालमा मनाइयो विश्व प्राथमिक उपचार दिवस

२९ भदौ, काठमाडौं । कान्तिपथस्थित ग्राण्डी सिटी अस्पतालले एक कार्यक्रम आयोजना गरी विश्व प्राथमिक उपचार दिवस मनाएको छ । सेप्टेम्बर १४ तारिखमा विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा ग्राण्डी सिटी अस्पतालले भविश्यमा हुन सक्ने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सहभागितामा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी ग्राण्डी सिटी अस्पतालका डा. पुष्पराज पौडेलले हृदयाघात भएको कसरी थाहा पाउने र थाहा पाएमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्नेबारेमा जानकारी गराएका थिए ।

एक तथ्यांकले नेपालमा मात्र बर्सेनि २० हजार मानिसलाई हृदयाघात हुने जनाएको छ । हृदयाघात भएको जानकारी पाउनासाथ प्राथमिक उपचार गर्न सकेमात्र पनि ६० प्रतिशत मानिसलाई बचाउन सकिने र बर्सेनि हृदयाघातबाट हुने मृत्युलाई कम गर्न सकिने कार्यक्रममा सहभागीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment