Comments Add Comment

हुम्लाका जनप्रतिनिधिलाई मनोपरामर्श

Photo Credit : राजन रावत, हुम्ला

२९ भदौ, सिमिकोट । हुम्लाका जनप्रतिनिधिहरुका लागि पहिलोपटक मनोविज्ञानसम्बन्धी शिविर सञ्चालन गरिएको छ । काठमाडौंबाट आएका मनोविश्लेषकको सहजीकरणमा सकारात्मक सोच विकासका लागि शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन विभिन्न प्रकारका मनोरोगहरुको बारेमा मनोविश्लेषक बासु आचार्यले परामर्श दिएका थिए । मानिसहरुमा हुने डिप्रेसन, एन्जाइटीको समाधान र व्यवस्थापनका बारेमा उनले अवगत गराए । त्यसैगरी तनावको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि आचार्यले बताएका थिए ।

सामूहिक छलफलमा मनोरोग र यसको समाधानका उपायबारे छलफल भएको शिविर सञ्चालक मधु बस्नेत शाहीले बताए । जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सातवटा गाउँपालिकाका जनप्रतिनिधि, सिमकोट गाउँकार्यपालिकाका सदस्य, उच्च प्रशासक, चिकित्सकहरु, प्रधानाध्यापकहरु शिविरमा सहभागी थिए ।

जिल्लामै पहिलोपटक सञ्चालन भएको शिविरमा मनोरोगबाट मुक्त हुने उपायहरुबारे आचार्यले छलफलम भएको थियो ।

शिविरको दोस्रो दिन सहभागीहरुले आफ्ना समस्या सुनाउँदै मनोविश्लेषक आचार्यसँग परामर्श गरेका थिए ।

यो सबै मानिसका लागि आबश्यक रहेको र यस्तो शिबिर बेलामा सञ्चालन गरिरहनु पर्ने जिल्ल्ा समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment