Comments Add Comment

शक्तिशाली हाँसो, हड्डी खुस्किएर मुख आँको आँ

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्छ । तर हाँस्दाखेरि आँ… गरेको मुख सधै आँ… नै भैरह्यो भने के गर्ने ? हालै एउटा यस्तै घटना भएको छ ।

चीनमा भएको उक्त घटना अनुसार एकजना महिला हाँस्दा हाँस्दै यस्तो अवस्थामा पुगिन् कि उनको मुख नै आँ… भैरह्यो र बन्द गर्न सकिनन् ।

रेलको यात्राका क्रममा ती महिला हाँसिरहेकी थिइन् । यात्रुहरुले उनलाई केही मिनेटसम्म अट्टहास हाँसिरहेको देखेका थिए । उनको हाँसो त रोकियो, तर उनको मुख चाहीँ खुलेको खुल्यै भयो ।

मुख बन्द नभएपछि तत्कालै रेलमा रहेका डाक्टरलाई बोलाइयो ।

डाक्टरहरुका अनुसार ती महिलाको हाँसो यति कडा गएछ कि उनको दाँत रहने हड्डी नै खुस्किएछ । जसका कारण उनको मुख खुलेको खुल्यै भयो ।

वास्तवमा उनको दाँत रहने हड्डी विगतमा गर्भावस्थामा अत्यधिक बान्ता गर्दा समेत एकपटक खुस्किएको रहेछ । अन्ततः पछिल्लोपटक पनि डाक्रहरुले उनको खुस्किएको हड्डीलाई ठीक पारे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment