Comments Add Comment

के तपाईंलाई आफ्नो पार्टनरको बानी मन पर्दैन ?

विकास र रोशनी केही महिना अगाडि मात्र साथी बनेका थिए । बारम्बारको भेटघाटमा रोशनीलाई विकासको साथ र व्यक्तित्व राम्रो लाग्दै गयो । विकासको व्यक्तित्वबाट रोशनी प्रभावित हुन थालिन् । विस्तारै विस्तारै दुवैमा प्रेम हुन थाल्यो र उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । विकासले सधैं रोशनीलाई नारी-पुरुष समान भएको कुरा गर्थे । अन्त्यमा, रोशनीले विकाससँग विवाह गर्ने निर्णय गरिन् ।

विवाह भएको एक वर्ष नबित्दै रोशनीको अगाडि विकासका धेरै नराम्रा बानीहरु उजागर हुन थाले । विकास सधैं नुहाउँदैन थिए । नुहाएर रुमाल कहिले बेडमा त कहिले सोफामा फाल्ने गर्थे । राति खाना खाएर सुत्नुअघि ब्रस पनि नगर्ने । त्यस्तै फोनमा धेरै समय कुरा गर्ने बानी पनि रोशनीलाई मन पर्दैन थियो । विकासको नारी-पुरुष समानताको कुरा पनि हावासरी हुन थालेको थियो । विवाह भएको तेस्रो वर्षमा नै विकास र रोशनीको सम्बन्ध विच्छेद भयो ।

लभ म्यारिज विशेष कुरा

लभ म्यारिज अर्थात प्रेमविवाहको कुरा हुँदा केटा-केटी दुवैले एक-अर्कालाई राम्रोसँग चिनेका हुन्छन्, बुझेका हुन्छन् भन्ने सबै ठूलाबडाको ठोस तर्क रहेको हुन्छ । तर के वास्तविकतामा पनि यस्तो हुन्छ ? वास्तवमा टाढा रहेर अर्थात भिन्दाभिन्दै रहेर गरिएको प्रेम बनावटी, अधुरो र भ्रमित गर्ने किसिमको हुन्छ ।

आफ्नो व्यक्तित्वको हरेक पक्ष देखाउन नपर्ने भएकाले, यस प्रकारको प्रेम गर्न कुनै पनि युवाको लागि सहज हुन्छ । उनीहरु सजिलै आफ्नो नराम्रो बानी लुकाउन सक्छन् । यस प्रकारको प्रेममा धेरैजसो भेटघाट पहिलेबाट नै निर्धारण गरिएको हुन्छ र दुवै पक्षलाई तयारी गर्ने र एक अर्कालाई प्रभावित गर्ने धेरै समय पनि हुन्छ ।

सँगै रहेर वास्तविक परीक्षा

घरबाहिर प्रेमी-प्रेमिकाले एक-अर्काको राम्रो कुराहरु मात्र देख्छन् । आफ्ना सकारात्मक पक्षलाई मात्र पेश गर्छन् । प्रेमी सेन्ट, पाउडर लगाएर प्रेमिकालाई भेट्न आउँदा उसले ननुहाएको कति दिन भयो भन्ने कुरा प्रेमिकालाई थाहा नै हुँदैन । प्रेमीले आफ्नो अन्डरवेयरहरु दिनहुँ फेर्छ की फेर्दैन भन्ने कुरा पनि प्रेमिकालाई थाहा हुँदैन । त्यति मात्र नभएर प्रेमीले लगाएको फेसनेबल लुगा पनि उनको आफ्नै हो कि कुनै साथीसँग मागेर लाएको हो भन्ने कुराबाट पनि प्रेमिका अञ्जान नै हुन्छन् ।

कुल मिलाएर प्रेम विवाह होस् अथवा मागी विवाह, कुनै पनि जोडीको वास्तविक अनुहारसँगै रहेर मात्र देख्न सकिन्छ । यी कुराहरुका कारण विवाहको स्थायित्वको ग्यारेन्टीप्रति प्रेम विवाह र मामी विवाहबीच धेरै अन्तर छैन । दुवै किसिमको विवाहमा आफ्नो पार्टनरको वास्तविक रुप सँगै बसेपछि मात्र थाहा हुन्छ । दुवै किसिमको विवाहमा जीवनसाथी कस्तो निस्कन्छ भन्ने कुराको दावा गर्न सकिँदैन ।

सामञ्जस्य पनि आवश्यक

कुन विवाह राम्रो भनेर सोच्नु भन्दा पनि विवाहपछि गरिने प्रेमभन्दा विवाह अगाडि गरिने प्रेम सजिलो हुन्छ । विवाहपछि श्रीमान्-श्रीमतीले एक-अर्काको बारेमा सबै कुरा थाहा हुन्छ । एक-अर्काको सबै वास्तविकता खुल्न थाल्छ । एक-अर्काको राम्रा-नराम्रो सबै बानीहरुको बारेमा थाहा हुन्छ । जीवनको साना-ठूला सबै समस्याहरु पनि सँगै झेल्नु पर्छ ।

यदि यी सबै कुरापछि पनि दुवैमा उत्तिकै प्रेम रहिरहन्छ भने त्यसलाई साँचो प्रेम भनिन्छ । विवाहलाई कहिलेकाहीँ सम्झौताको सम्बन्ध पनि भनिन्छ । वास्तवमा हरेक सम्बन्धमा सम्झौता हुनु आवश्यक हुन्छ । सम्झौताबिना कोही पनि कसैसँग लामो समय सँगै बस्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment