+
+
Shares

हुम्लाका जनप्रतिनिधिलाई मनोपरामर्श

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते ११:४४

सिमकोट । हुम्ला जिल्लाका जनप्रतिनिधिहरुमाझ पहिलो पटक मनोविज्ञान सम्बन्धी शिविर सञ्चालन गरिएको छ । सकारात्मक सोच विकासका लागि काठमाडौबाट पुगेका मनोविश्लेषकको सहजिकरणमा  शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन विभिन्न प्रकारका मनोरोगहरुको बारेमा मनोविश्लेषक बासु आचार्यले परामर्श दिएका थिए । मानिसहरुमा हुने डिप्रेशन, एन्जाइटीको समधान र व्यवस्थापनका सम्बन्धमा उनले अवगत गराए । त्यसैगरी तनाव व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा पनि उनले जानकारी गराएका थिए ।

सामुहिक छलफलमा मनोरोग र यसको समाधानका उपायका बारेमा छलफल भएको शिविर सञ्चालक मधु बस्नेत शाहीले बताए । जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सातवटा गाउँपालिकाका जनप्रतिनिधि, सिमकोट गाउँ कार्यपालिकाका सदस्य, उच्च प्रशासक, चिकित्सकहरु, प्रधानाध्यापकहरुको शिविरमा सहभागी रह्यो ।

जिल्लामै पहिलोपटक सञ्चालन भएको शिविरमा मनोरोगबाट बाहिर निस्कने उपायहरु पनि आचार्यले छलफलमा ल्याएका थिए । शिविरको दोस्रो दिन व्यक्ति व्यक्तिले आफ्ना समस्याहरु सुनाउँदै मनोविश्लेषक आचार्यसँग परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?