Comments Add Comment

‘छिछोरे’ सय करोड नजिक, ‘ड्रिम गल’को लोभलाग्दो सुरुवात

बलिउडमा नायक आयुष्मान खुराना ‘सपनाको करिअर’ बाचिरहेका छन् । उनले, अभिनय गरेका चलचित्रलाई दर्शकले निकै मन पराएका छन् । बिषयवस्तुमा ध्यान दिएर चलचित्र रोज्ने भएकै कारण उनका ५ वटा चलचित्र लगातार हिट छन् भने छैटौ चलचित्र ‘ड्रिम गल’ पनि हिट हुने पक्का देखिएको छ ।

आयुष्मान आफैले पनि ‘ड्रिम गल’ले २ अंकको ओपनिङ गने अपेक्षा गरेका थिए । उनको अपेक्षा अनुसार नै, चलचित्रले रिलिजको पहिलो दिन शुक्रबार १० करोडको ओपनिङ गर्यो । तर, दोश्रो चलचित्र चलचित्रको व्यापारमा त उछाल नै आएको छ । दोश्रो दिन चलचित्रले १६ करोडको व्यापार गरेको छ । दुई दिनमै २६ करोड माथिको व्यापार गरेको यो चलचित्रले आज आइतबार २० करोडको हारहारीमा व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा आयुष्मानको काम, यसमा प्रयोग भएका संवादलाई दर्शकले रुचाएका छन् ।

राज शान्दिल्याको निर्देशनमा बनेको यो चलचित्रमा नुश्रत भरुचा, अन्नु कपुर, विजय राजको पनि अभिनय छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।

यस्तै, गत शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘छिछोरे’ पनि सय करोड क्लब नजिक पुगेको छ । दोश्रो शनिबारसम्म चलचित्रको व्यापार ८५ करोड कटेको छ । सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र वर्ड अफ माउथका कारण बलियो बनेको हो । बलिउडमा अहिले बिषयवस्तु राम्रा भएका साना बजेटका चलचित्रले पनि सय करोड क्लबलाई छुन थालेका छन् । ‘छिछोरे र ड्रिम गल’ले यो क्लबलाई छुने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment