
२९ भदौ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन् ।
काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ ।
सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ । लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4