
२९ भदौ,काठमाडौं । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा विरोध प्रदर्शन गर्ने क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा संयुक्तले माग गरेको छ ।
राप्रपा संयुक्तका प्रवक्ता रविन चाम्लिङले आइतबारर प्रेस विज्ञप्ति जारी गरी संविधान प्रदत्त अधिकार प्रयाग गर्ने क्रममा समातिएका व्यक्तिहरुलाई रिहा गर्न माग गरेका हुन् । उनले विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको आरोप समेत लगाएका छन् ।
इन्द्रजात्राका अवसरमा राष्ट्रपति पुग्नेबेला हुलहुज्जत गर्न खोजेको भन्दै प्रहरीले पूर्व डीआइजी र नेपाली सेनाका पूर्व मेजरसहित केही व्यक्तिलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4