+
+
Shares

प्रभु मनि ट्रान्सफरको दशैं अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १८:००

२९ भदौ, काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी “चाडपर्वको उमंग, रमाऔ प्रभु संग”भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ ।

यस योजनामा प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति यस योजनामा सामेल रहने छन् ।  योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्नेअवसर पाउनेछन् ।

साथमा अन्यले विभिन्न उपहारहरु टिसर्ट, क्याप र प्रभुटिभी सेटटप बक्स प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरुले प्रत्यक्षलाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?