
काठमाडौं । येंया पुन्ही अर्थात इन्द्रजात्राको छैटौं दिन आइतबार श्वेत भैरवको मुखबाट महिलाहरुले मात्र प्रसाद ग्रहण गरे ।
हनुमानढोका दरबार अगाडि यः सिं हर्थाथ लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँडरक्सी खुवाइन्छ ।
भैरवको मुखबाट निस्किने जाँडरक्सी पहिले पुरुषले मात्र खान्थे । अहिले महिलाका लागि छुट्टै दिन तोकिएको छ । त्यसैले आइतबार श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाहरुको ठूलै भीड लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4