News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेइजिङलाई वासिङ्टनको प्रमुख राजनीतिक चुनौती र सबैभन्दा महत्त्वपूर्ण सम्बन्धका रूपमा चित्रण गरेका छद्द्।
- रुबियोले अमेरिकाले चीनलाई सीमित गर्न नखोजेको तर उनीहरूको उदय अमेरिकाको मूल्यमा हुन नसक्ने बताए।
- रुबियोले ट्रम्प र सी जिनपिङबीचको वार्तामा इरान युद्ध मुख्य केन्द्र बिन्दुमा रहने र चीनलाई संकट समाधानमा सक्रिय भूमिका खेल्न मनाउने आशा व्यक्त गरे।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेइजिङलाई वासिङ्टनको ‘प्रमुख राजनीतिक चुनौती’ र ‘व्यवस्थापन गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध’ का रूपमा चित्रण गरेका छन्। बुधबार चीन पुग्नुअघि उनले यस्तो बताएका हुन् ।
एयर फोर्स वानमा फक्स न्युजसँगको अन्तर्वार्तामा उनले अमेरिकाले चीनलाई ‘सीमित गर्न नखोजेको तर उनीहरूको उदय अमेरिकाको मूल्यमा हुन नसक्ने’ बताए।
उनले भने, ‘उनीहरूको उदय हाम्रो पतनको कारक बन्न सक्दैन। जब चीनको योजना अमेरिकी राष्ट्रिय हितसँग बाझिन्छ, तब हामीले संयुक्त राज्य अमेरिकाका लागि जे सही हुन्छ, त्यही गर्नुपर्छ। यो विषय यस भ्रमणमा त उठ्ने नै छ, तर त्योभन्दा महत्त्वपूर्ण कुरा, यो लामो समयसम्म हाम्रो सम्बन्धको एउटा मुख्य पाटो रहनेछ।’
अन्तर्वार्ताका क्रममा रुबियोले ट्रम्प र सी जिनपिङबीचको वार्तामा इरान युद्ध मुख्य केन्द्र बिन्दुमा रहने संकेत पनि दिएका छन्।
उनले वासिङ्टनले बेइजिङलाई यो संकट समाधानमा ‘अझ बढी सक्रिय भूमिका’ खेल्न मनाउने आशा राखेको बताए।
उनले यसलाई एसियाका लागि ठूलो खतराका रूपमा चित्रण गर्दै भने, ‘किनकि एसिया ऊर्जाका लागि ती जलसन्धिहरूमा धेरै निर्भर छ।’
उनले थपे, ‘यसको समाधान हुनु चीनकै हितमा छ। हामी उनीहरूलाई मनाउन चाहन्छौँ कि इरानले अहिले पर्सियन खाडीमा जे गरिरहेको छ वा गर्न खोजिरहेको छ, त्यसबाट उसलाई पछि हटाउन चीनले अझ सक्रिय भूमिका खेलोस्।’
प्रतिक्रिया 4