+

सासुओलोलाई रोमाले ४-२ ले हरायो

२०७६ भदौ  ३० गते ७:४६ २०७६ भदौ ३० गते ७:४६
सासुओलोलाई रोमाले ४-२ ले हरायो

३० भदौ, काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

रोमाका लागि हेनरिक माखेरिटियन, बार्यन क्रिस्टान्टे, इडिन जेको र जस्टिन क्लुइवर्टले गोल गरे । सासुओलोका लागि भने बेरार्डीले दुई गोल गरे ।

रोमाले सहज जित हात पार्ने क्रममा पहिलो हाफमा नै चार गोल गरेको थियो । तर दोस्रो हाफमा भने दुई गोल खायो ।

१२ औं मिनेटमा क्रिस्टान्टे र १९ औं मिनेटमा जेकोले गोल गरेपछि रोमा २-० गोलले अघि थियो । खेलको २२ औं मिनेटमा माखेरिटियन र जस्टिनले ३३ औं मिनेटमा गोल गर्दै रोमालाई ४-० गोलको फराकिलो अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा सासुओलोले दुई गोल फर्काउन सफल भयो । खेलको ५३औं मिनेटमा बेरार्डीले गोल गर्दै ४-१ को स्थितिमा ल्याए । खेलको ७२ औं मिनेटमा उनले अर्को गोल थपेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय