Comments Add Comment

यी हुन् सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोन

स्मार्टफोन अहिले हाम्रो जीवनको हिस्सा बनिसकेको छ । हरेक दिन विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढिरहेको छ र नयाँ नयाँ स्मार्टफोनहरु बजारमा आइरहेका छन् ।

यस्तोमा फोनबाट निस्कने विकिरणको खतरा पनि बढ्नु स्वभाविकै हो । हालैका दिनहरुमा स्मार्टफोनबाट निस्कने रेडिएसनका विषयमा विभिन्न खाले रिपोर्टहरू आइरहेका छन् । कतिपय रिपोर्टमा स्मार्टफोनबाट निस्कने विकिरण खतरनाक भएको र प्रयोगकर्तालाई क्यान्सरसमेतको जोखिम हुने समेत दाबी गरिएको छ । तथापि, स्मार्टफोनबाट निस्कने रेडिएसनबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दाबीप्रति वैज्ञानिकहरू सहमत छैनन् ।

कुन फोनबाट कति विकिरण ?

जर्मनीको तथ्यांकसम्बन्धी संस्था स्टाटिस्टाले हालै विद्यमान स्मार्टफोनहरूमध्ये कसले कति विकिरण उत्सर्जन गर्छ भन्ने बारेमा एक सूची सार्वजनिक गरेको छ । स्मार्टफोनले उत्सर्जन गर्ने विकिरणलाई एसएआर अर्थात् स्पेसिफिक एब्जप्र्सन रेटको आधारमा मापन गरिन्छ, जुन प्रति किलोग्रामले उत्सर्जन गर्ने विकिरण ऊर्जाको मात्रा हो ।

यस सूची अनुसार शाओमीको MiA1 सबैभन्दा धेरै विकिरण निकाल्ने स्मार्टफोनको रुपमा रहेको छ । त्यस्तै शाओमीकै म्याक्स थ्री दोश्रो स्थानमा छ । सूची अनुसार धेरै विकिरण फ्याक्ने १६ वटा स्मार्टफोनमध्ये ८ वटा चिनियाँ ब्राण्ड नै रहेका छन् ।

टप १६ मा आइफोन सेभेन र आइफोन एट पनि रहेका छन् । आइफोन सेभेन नवौं स्थानमा छ भने आइफोन ८ १४ औं स्थानमा छ ।

सूचीको पहिलो स्थानमा रहेको शाओमीको एसएआर भ्यालू १.७५ रहेको छ भने अन्तिम स्थानमा रहेको जेडटीई एक्सो ७ मिनी फोनको १.२९ रहेको छ ।

जर्मन सर्टिफिकेसन फर इन्भारोमेन्टल फ्रेण्डलीनेसका अनुसार एसएआर भ्यालू ०.६ वाट प्रतिकिलोग्राम भन्दा कम भएका स्मार्टफोनहरु मात्र विकिरणको दृष्टिले सुरक्षित रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment