Comments Add Comment

खुल्यो फिल्म पढाउने नयाँ कलेज

चलचित्र सम्बन्धी अध्ययन गराउने उद्देशयले नयाँ क्याम्पसको स्थापना भएको छ । चार बर्षीय स्नातक अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ संचालनमा आएको हो । त्रिभुवन विश्व विश्वविद्यालय सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’मा यसै शैक्षिक सत्रबाट चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले बताए ।

काठमाण्डौको बाँनेश्वरमा रहेको क्याम्पसमा आईतबार पत्रकार भेटघाट आयोजना गर्दै प्रिन्सिपल उप्रेतीले कलेजले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताए । क्यापम्समा चलचित्र लेखन÷निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ ।

नियमित र भिजिटर टिचर गरेर ६० जनाको भन्दा ठुलो टिम कलेजमा आवद्ध भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराइले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको यो कलेजले नेपाली चलचित्र उद्योगको विकाशमा ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment