Comments Add Comment

यस्तो छ विद्याको ‘शकुन्तला देवी’ लुक्स

नायिका विद्या बालन फेरि एक पटक पर्दामा धमका मच्चाउने तयारीमा लागेकी छिन् । विद्याले अभिनय गरेको चलचित्र ‘मिसन मंगल’ बक्स अफिसमा ब्लकबस्टर भैसकेको छ । उनै, बिद्या अब एक महिलाको बायोपिक चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले काम गर्न मन लागेको नयाँ चलचित्रको नाम ‘शकुन्तला देवी’ हो ।

सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रले शकुन्तला देवीको कथा भन्नेछ । शकुन्तला देवीलाई ‘दि ह्यूमन कप्यूटर’को उपनामले पनि चिनिन्छ । अनु मेननको निर्देशनमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको फस्टलुकमा विद्याले रातो सारी लगाएकी छिन् । यो चलचित्रको छायांकन आजदेखि लण्डनमा सुरु भएको छ ।

शकुन्तला देवीले सानैदेखि नै आफ्नो अद्भुत क्षमताले विश्वलाई नै चकित बनाएकी थिइन् । उनको, गणितमा अद्भुत क्षमताका कारण उनको नाम ‘गिनिज बुक अफ दि वल्र्ड रेकर्ड’मा पनि समावेश छ । चलचित्रको निर्माणपक्षले यो चलचित्रबाट विश्वलाई नै प्रभावित बनाएकी एक महिलाको प्रेरणादायी कथा भन्ने बताएको छ । आउँदो बर्षमा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment