+
+
Shares

मोरङका राजमार्ग सीसी क्यामेराको निगरानीमा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १४:५४

३० भदौ, विराटनगर । मोरङमा पर्ने राजमार्गमा ५८ वटा सीसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड १४ लाख रुपैयाँ बजेटमा ५८ वटा क्यामेरा जडान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सीसी क्यामेराकालागि मोरङमा ६० किलोमिटर फाइबर बिछ्याइएको छ । प्रहरीले विराटनगर महानगरपालिको सिमावर्ती क्षेत्र रानीदेखि–ढाटसम्म ३२ वटा, पूर्व पश्चिम राजमार्गको इटहरी पूर्व बुढीखोला चोकदेखि भाउन्ने चोकसम्म १३ वटा र पथरी बजारदेखि उर्लाबारी बजारसम्म १३ वटा सीसी क्यामेरा जडान गरेको छ ।

६० किलोमिटर क्षेत्रमा बिछ्याइएको ६ ‘कोर’ तार मध्ये सीसी क्यामेराका लागि २ कोर प्रयोग भएको छ । बाँकी चार कोरमा फेस डिटेक्सन क्यामेरा, राडर गन र ट्राफिक लाइट जडान गर्न सकिने छ । प्रहरीले प्रयोग गरेका क्यामेराको स्टोरेज जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ । अधिकारीका अनुसार विराटनगर महानगरपालिका भित्र र अन्य क्षेत्रमा गरी प्रहरीले १५४ सीसी क्यामेराबाट निगरानी गरिरहेको छ ।

प्रविधि मैत्री बनाउन सरकार संवेदनशिल

प्रदेश १ को शान्ति सुरक्षा मजबुद बनाउन सुरक्षा सम्यन्त्रलाई प्रविधि मैत्री बनाउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेश सरकारको सहयोगमा मोरङमा जडान गरिएको सीसी क्यामेरा सोमबार प्रहरीलाई हस्तान्त्रण गर्दै हस्तान्त्रण गर्दै उनले सम्यन्त्रलाई प्रविधिको प्रयोग गरी मजबुद बनाउन प्रदेश सरकार लागि परेको बताएका हुन् ।

समाजमा हुने अपराधिक घटनालाई नियन्त्रण गर्न सीसी क्यामेराले मद्दत पुग्ने बताउँदै मुख्यमन्त्री राईले सुरक्षा निकायलाई प्रविधि मैत्री बनाउने काम अघि बढेको बताए । उनले जनतालाई सुरक्षाको अनुभति दिलाउन प्रदेशका १० लाख घरमा प्रहरीको स्टीकर पुर्‍याइएको बताए ।

‘प्रहरीले टायर माग्यो तेल माग्यो भन्ने सुन्न नपारेस’

नेपाल प्रहरीका महानिरिक्षक सर्बेन्द्र खनालले प्रहरीले केही माग्यो भनेको सुन्न नचाहेको बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोको जसरी प्रहरीले केही मागेको सुन्न नचाहेको बताएका हुन् ।

‘हिजो प्रहरीले साधन नभएर कुनै मोटरसाइकल, कुनै गाडी,कुनै टायर चाहियो, तेल चाहियो भन्ने कुराहरुमै जादा प्रहरीले माग्यो भन्ने कुरा आउँथ्यो ।’ खनालले भने ‘ अब स्पष्ट रुपमा राख्नै पर्ने हुन्छ । अहिलेका दिनहरुमा हामी यस्ता कुरा सुन्न नपरोस भन्ने चाहान्छौं,त्यही कुरा अघि बढिरहेको छ ।’

हिजो प्रहरी ट्रान्परेन्स भएन भन्ने जनगुनासो आएको बताउँदै उनले अहिले तेस्ता कुरा सुन्न छाडिएको बताए । ‘अहिले नेपाल प्रहरीले सबैकुराहरु ट्रान्परेन्स रुपमा राखेको छ ।’ उनले भने ‘सुशासनकालागि अगाडी बढेको छ भन्ने सुन्न पाइन्छ । मैले नेतृत्व लिएदेखि यस तर्फ सजक भएर अघि बढेका छौं ।’

विदेशमा अपराध गर्न गरी नेपालमा पनि अपराधिक उदेश्यले आएकाहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको बताउँदै उनले समाजमा शान्ति कायम गर्न प्रहरी समुदायसँग सहकार्य गर्दै अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?