Comments Add Comment

थामिएन सेयर बजारको पहिरो

३० भदौ, काठमाडौं । केहि दिन यता लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि १६ अंक बढीले ओरालो लागेको छ । यस अघि आइतबार पनि दोहोरो अंकले नै बजार ओरालो लागेको थियो ।

सोमबार १६ दशमलव १८ अंकल ओरालो लागेर नेप्से परिसूचक १ हजार १ सय २३ दशमलव ८३ अंकमा झरेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ ।

सोमबार ७ हजार ५ सय ४७ कारोबारबाट १६९ कम्पनीका १२ लाख ४८ हजार ४०९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकम आइतबारको तुलनामा ५ करोड बढी हो । नेप्सेमा कारोबार हुने १६ उपसमूहरु मध्ये व्यापार बाहेक सबै उपसमूहरु राताम्मे देखिएका छन् । व्यापार भने २.२९ प्रतिशत अर्थात ६.३३ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा देखिएको छ । यस संस्थाको सोमबार सबै भन्दा धेरै १ करोड ८० लाख १९ हजार ९ सय ४५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा मुलुककै जेठो बैंक नेपाल बैंक दोस्रो नम्बरमा देखिएको छ । नेपाल बैंकको १ करोड ७९ लाख ८३ हजार रुपैयाँ माथिको सेयर किनबेच भएको छ । यसैगरी सिटिजन्स बैंक १ करोड ४९ लाख रुपैयाँको कारोबार भएर तेस्रो नम्रबमा देखिएको छ भने एनआइशी एशिया बैंक १ करोड १९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएर चौथो नम्बरमा देखिएको छ।

कारोबारका आधारमा सिद्धार्थ बैंक पाँचौ नम्बरमा देखिएको छ । यो बैंकको पनि १ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment