Comments Add Comment

तपाईं पनि खतरामा हुुनुहुन्छ कि ?

तपाईंको कामको प्रकृति कस्तो छ ? एकै ठाउँ बसेर काम गर्नुहुन्छ वा उठेर ? धेरैजसो पेशा-व्यवसाय गर्नेहरु एकै ठाउँ बसेर आफ्नो काम गरिरहेका हुन्छन् । कतिको कामको प्रकृति नै बसेर गर्नुपर्ने हुन्छ भने कतिपय चाहि अल्छी भएर लामो समय एकै स्थानमा बस्ने गर्छन् । यसरी लामो समय एकै स्थानमा बस्नु भनेको आयु घटाउनु बराबर रहेछ । हालै प्रकाशित एक सोधले यस्तै तथ्य सार्वजनिक गरेको छ ।

यो तथ्य ब्रिटिश मेडिकल जर्नलले प्रकाशित गरेको हो । उक्त अध्ययनमा भनिएको छ, एकै स्थानमा ९ घण्टा बढी समय बिताउनु भनेको मृत्युको खतरा बढाउनु हो । लामो समय एकै स्थानमा बस्ने र शारीरिक गतिबिधि क मगर्नेहरुको  मृत्यु चाडै हुनेगर्छ ।

यस अध्ययनले के पनि भनेको छ भने यदि तपाईं २४ मिनेट नियमित रुपमा तिब्र गतिमा हिँड्नुहुन्छ भने यस खतराबाट पार पाउन सक्नुहुनेछ ।

के भन्छ रिसर्च ?

यस रिसर्चका अनुसार धेरै लामो समयसम्म एकै स्थानमा बसेर काम गर्नेहरुको शारीरिक स्वास्थ्य कमजोर हुन्छ । एक दिनमा ९ घण्टाभन्दा बढी लामो समय एकै स्थानमा बसेर काम गर्नु भनेको मृत्युको नजिक पुग्नु हो । अक्सर बसेर काम गर्नेहरु खाना खाने समयमा आधा घण्टा जति उठ्ने वा यताउता गर्ने गर्छन् । बाँकी समय भने निस्क्रिय रहन्छन् । जबकि यति लामो समय एकै स्थानमा गतिहीन बस्नु शरीरका लागि खतरनाक हुन्छ । चिकित्सक भन्छन्, यदि तपाईं बस्ने प्रकृतिको रोजगारीमा हुनुहुन्छ भने एक, डेढ घण्टामा उठेर थोरै यताउता हिड्ने गर्नुहोस् । शरीरलाई चलाउने गर्नुहोस् ।

विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठन अर्थात डब्ल्यु एच ओले पनि यसअघि आफ्नो गाइडलाइन जारी गरिरहेको छ । त्यस अनुसार हरेक व्यक्तिका लागि सप्ताहमा कम्तिमा एक सय पचास मिनेट व्यायाम गर्नु एकदम जरुरी छ । १८ बर्षदेखि ६४ बर्षसम्मको उमेरमा हरेक व्यक्तिले २५ देखि ३० मिनेटसम्म व्यायाम गर्नैपर्छ । यस अन्तर्गत तपाईं पैदल हिँड्न सक्नुहुन्छ, जगिङ गर्न सक्नुहुन्छ, प्राणायाम गर्न सक्नुहुन्छ । यसैगरी तपाईं घरको सानोतिनो काम गरेर पनि शरीरलाई सक्रिय तुल्याउन सक्नुहुनछ । जस्तो भाँडावर्तन माझ्ने, खाना पकाउने, झाडु लगाउने, सागसब्जी केलाउने आदि ।

वैज्ञानिकको जरुरी कुरा

ब्रिटिश मेडिकल जर्नलमा छापिएको यस अध्ययनमा शोधकर्ताले बताए कि सुत्नु बाहेक यदि तपाईं ९ घण्टाभन्दा बढी एकै स्थानमा बस्नु वा सुत्नुहुन्छ भने तपाईंको जिन्दगी कम हुनेछ । यो रिसर्च नर्वेको नर्वेजियन स्कुल अफ स्पोर्ट साइन्स इन ओस्लोद्वारा गरिएको हो । यस रिसर्चका लागि एक्सेलोमिटर्सयुक्त स्मार्ट वाचको मद्दत लिइएको थियो । यस रिसर्चमा ३६ हजार ३ सय ८३ जना सामेल गरिएको थियो, जसको उमेर ४० देखि ६२ को बीचमा थियो । यस रिसर्चका लागि यी सबै व्यक्तिको डाटा लगभग ६ बर्षसम्म संकलन गरिएको थियो । रिसर्चका क्रममा जो व्यक्ति एकदमै निस्त्रिmय रहन्थे र दिनभर बसिरहन्थे त्यसमध्ये २ हजार १ सय ४९ जनाको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment