+
+
Shares

सानिमा बैंक र युके एडको सक्षमबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १६:३१

३० भदौ, काठमाडौं । सानिमा बैंक लिमिटेड र युकेएड-सक्षमबीच कृषि कर्जा प्रबर्द्धन गर्नको लागि समझौता भएको छ ।

सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाडौमा एक कार्यक्रम आयोजना गरी सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर श्रीनिर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ ।
यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसंगको सहकार्यमा परिचालन गरिनेछ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो, जुन नेपाल सरकार र युके सरकारको सम्झौता अनुरुप युके एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?