+
+
Shares

अराजकताले मुलुकलाई विघटनतिर लाँदैछ : मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १२:०५

३१ भदौ, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक विघटनको खतरामा रहेको बताएका छन् । वनस्पति विभागद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने, ‘समाजमा असन्तुष्टि देखिएको छ, त्यसलाई बेलैमा व्यवस्थापन गरिएन भने अराजकता निम्त्याउँछ र अराजकताले मुलुकलाई विघटनतिर लैजान्छ ।’

जनताले सुशासन कायमहोस् भन्ने चाहेको र आफ्नो चाहना पूरा नहुँदा असन्तुष्टि बढेको मन्त्री बस्नेतको भनाइ छ । ‘सेवाग्राहीले आफ्नो काम सहज ढंगलेहोस्, बजारमा चल्ने सबै गैर-कानूनी क्रियाकलाप बन्दहोस् भन्ने चाहेका छन्,’ कार्यक्रममा उनले भने ।

विश्वका विभिन्न देशमा बसेर फर्केका नेपालीहरूले यहाँ पनि विश्वस्तरकै व्यवस्थापनको अपेक्षा राख्ने गरेको मन्त्री बस्नेतको भनाइ छ । उनले जनताले आफ्नो अपेक्षा अनुसारको नतिजा नपाउँदा समाजमा नकारात्मकता बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?