Comments Add Comment

दीपेन्द्रको दाबी–‘पशुपति प्रसादपछि ‘आमा’ले दर्शकको मन छुन्छ’

पानी नपरेका कारण निकै नै समस्यामा परेको चलचित्र ‘आमा’को टिमले अन्ततः छायांकन सकेको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको छायांकन ७२ दिनमा सकिएको छ । निर्देशक खनालले भने–‘पानी कुर्नुपर्ने भएका कारणले पनि छायांकनमा लामो समय लाग्यो । तर, हामीले जती दुःख पाएपनि कुनै संझौता नगरी काम सकेका छौ ।’

चलचित्र ‘आमा’लाई फागूणको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । यो चलचित्रका लागि नै सुरक्षाले कपाल मुण्डन गरेकी थिइन् ।

चलचित्र ‘आमा’को बिषयमा निर्देशक खनाल भन्छन्–‘दर्शकले ‘पशुपति प्रसाद’पछि एउटा श्रद्धा गर्ने चलचित्र हेर्न नपाएको गुनासो मैले पनि सुन्दै आएको छु । ‘आमा’ले दर्शकको यो चाहना पुरा गर्छ ।’
आफूले चलचित्रको स्क्रिप्ट बनाउँदा बोकेको सोच चलचित्रको पर्दामा देखिने निर्देशक खनालको दाबी छ ।

डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment