Comments Add Comment

अध्यक्षमा उम्मेदवारी नदिने उज्ज्वल थापाको घोषणा

३१ भदौ, काठमाडौं । विवेकशील नेपाली दलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

नेतृत्व चयनका लागि विवेकशीलको राष्ट्रिय सम्मेलन आगामी कात्तिक १ र २ गते हुँदैछ । त्यसको पूर्वसंध्यामा अध्यक्ष थापाले सोमबार पार्टीका झण्डै एक हजार मतदातालाई सन्देश पठाएर आफू अध्यक्षमा नउठ्ने घोषणा गरेका हुन् ।

‘८ वर्ष अगाडि शुरु भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेको छु’ उनले भनेका छन् ।

उनले अब पार्टीको नेतृत्व लिन चाहनेहरुले ध्यान दिनुपर्ने भन्दै १० बुँदा समेत अगाडि सारेका छन् ।

कोको छन् आकांक्षी ?

उज्ज्वल पुनः अध्यक्ष नहुने घोषणा गरेपछि पार्टीमा नयाँ नेतृत्वको सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।

सबभन्दा बलियो दाबेदारका रुपमा रञ्जु दर्शना देखिएकी छन् । यद्यपि उनले भने आफू छलफलमा रहेको भन्दै अहिले नै उम्मेदवारी दिने नदिने टुंगो लागिनसकेको बताइन् ।

वर्तमान महासचिव गोविन्द नारायणका साथै मिलन पाण्डेलाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

नेताहरुका अनुसार नो भोटको व्यवस्था भएकाले एक जना मात्र उम्मेदवार भएपछि चुनाव हुनेछ । राष्ट्रिय सम्मेलनमा एक हजार बढी मतदान हुने विवेकशील नेपाली दलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment