Comments Add Comment

बलिउड छाडेकी जायराले गुमाइन् करिअरकै महत्वपूर्ण क्षण

जायरा वासिमले बलिउडमा चलचित्र ‘सेक्रेट सुपरस्टार’मा काम गरेपछि उनको चर्चा खुबै भयो । तर, उनले केही बर्षमा नै बलिउड छाड्ने निर्णय गरिन् । उनले, आफ्नो धर्मलाई कारण बनाउँदै बलिउड छाड्ने निर्णय गरेकी थिइन् ।

उनै, जायराले अभिनय गरेको चलचित्र ‘दि स्काई इज पिंक’को प्रिमियर क्यानडाको टोरन्टोमा भयो । ‘टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभल’मा यो चलचित्र प्रदर्शन भएको थियो । जसमा, चलचित्रका मुख्य नायक, नायिका र निर्देशक पुगेका थिए । तर, जाइरा यो भव्य समारोहमा उपस्थित भइनन् । उनका लागि यो एउटा ठूलो अवसर थियो ।

चलचित्रकी निर्देशक सोनाली बोसले जायरालाई यो महोत्सवमा उपस्थित गराउनका लागि सक्दो प्रयास गरेकी थिइन् । किनकी, यो उनको करिअरका लागि नै महत्वपूर्ण क्षण थियो । तर, जायरा यो शोमा उपस्थित हुन मानिन् ।

जायराले बलिउड पूर्ण रुपमा छाडिसकेकी छिन् । उनी, अहिले आफ्नो घर काश्मिरमा छिन् । जाइरा कार्यक्रममा सहभागी नहुँदा उनको बिषयमा थुप्रै प्रश्नहरु पनि सोधिएका थिए । दर्शकले पनि उनको उपस्थिती नहुनुको कारणबारे सोधपुछ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment