+
+
Shares

घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १७:४९

३१ भदौ, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । विन्दवासिनी-५ हासवास्थित पुल नजिकै खाल्डोमा शव पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

सेतो कालो धर्का भएको रातो टी-सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए । ‘घाँटीमा चोट छ, मृतकको पहिचान खुलेको छैन,’ उनले भने, ‘मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसहितको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेर फर्किएका छन् । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?